![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई पुराना फाइल खोल्छु भन्दै धम्कीपूर्ण राजनीित नगर्न चेतावनी दिनुभएको छ ।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्रीलाई पुराना फाइल खोल्ने धम्की मात्र हाेइन भ्रष्टाचार भएको भए फाइल खोलेर देखाउन आग्रह गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीलाई राजीनामा दिएर चाँडो भन्दा चाँडो निकास दिन आग्रह समेत गर्नुभयो । उहाँले दुई धोका खाएका दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी अहिले प्रतिपक्षमा छौँ । चाँडो भन्दा चाँडो सरकारले निकास दिनुप-यो । चाँडो भन्दा चाँडो सरकारमा जान चाहन्छाैँ। यो स्पष्ट कुरा हो । जहाँसम्म संविधानका कुरा छ, लोकतन्त्रको कुरा छ, धर्म निरपेक्षताको कुरा छ । यो काँग्रेसको हिजोदेखिकै कुरा हो, यसमा हामी कतै झुकेनौँ, टुटेनौँ । बारम्बार धोका दिँदा दिँदा दुई धोका खाएका व्यक्तिहरु दुई ठूला पार्टी एक भएका छन् । काँग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो । प्रधानमन्त्रीज्यु के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ । बल खेल्न नदिउँ भनेर यो सहमति भएको छ । उन्नति, प्रगति र विकासको लागि यो सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगराैँ । काँग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन् ।’
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच