
काठमाडौं । साताको तेस्रो दिन उच्च अंकले बढेको सेयर बजार बुधबार पनि ३.७९ अंक बढेर २१०४.२२ अंकमा पुगेको छ । व्यापार ६.१२ र फाइनान्स ४, विकास बैंक समूह २.७१ प्रतिशतले बढेको छ । तर, उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ । तथापि कारोबार रकम भने बढेर पाँच अर्ब नाघेको छ । यस दिन तीन सय १४ कम्पनीका एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ रुपैयाँ बराबर कारोबार भएको छ । अघिल्लो दिन चार अर्ब ५७ करोडको कारोबार भएको थियो ।
सेन्ट्रल फाइनान्स, आइसिएफसी फाइनान्स र गुहृयेश्वरी मर्चेन्ट बैंकिङको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.७० प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनी ४.२७, माण्डू हाइड्रोपावर ४.११, प्रभु सेलेक्ट फण्ड ४.०१ र बोटलर्स नेपालको ३.९६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेको मञ्जुश्री फाइनान्सको २३ करोड दुई लाखको सेयर कारोबार भएको छ भने आइसिएफसी फाइनान्स १७ करोड ४९ लाख, रिलायन्स फाइनान्स १६ करोड ५२ लाख, सेन्ट्रल फाइनान्स १३ करोड पाँच लाख र जानकी फाइनान्सको १२ करोड ३८ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच