अल्ट्रासाउण्डमार्फत हुम्लामा सात महिलाको गर्भ जाँच

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको सायाँ स्वास्थ्यचौकीमा सात जना महिलाको अल्ट्रासाउण्डमार्फत गर्भ जाँच गरिएको छ । विकट हुम्लाको एक मात्रै जिल्ला अस्पतालबाट सेवा प्रवाह हुँदै आएको अल्ट्रासाउण्डमार्फत गर्भ जाँच अहिले ग्रामीण भेगमा समेत सञ्चालन भइरहेको छ ।

यस अघि गर्भवती महिलाले आफ्नो गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र आमाको शारीरिक अवस्था कस्तो छ भन्ने बारेमा जानकारी लिन जिल्ला सदरमुकाममा धाउनु पर्ने बाध्यताको अन्त्य हुँदै आएको हो । अहिले जिल्लाको सातवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट यो सेवा सञ्चालन हुँदै आएको छ ।

स्वास्थ्य विभागको आर्थिक सहयोग र गाउँपालिकाको पहलमा गर्भवति महिलाको भिडियो एक्सरेका लागी चाहिने आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध भए पछि गाउँपालिकाको वडा ४ मा रहेको सायाँ स्वास्थ्य चौकीबाट गर्भवति महिलाको गर्भ चेक जाँच हुने गरेको छ ।

साँया स्वास्थ्य चौकीमा गर्भवति महिलाहरुका लागी भिडियो एक्सरे सुरु भएको स्वास्थ्यकर्मी बबरजंग पालले बताउनुभयो । विहिबार ७ जना गर्भवती महिलाको भिडियो एक्सरेमार्फत गर्भ जाँच भएको छ ।

गर्भ अवस्थामा कम्तीमा ३ पटक र अन्य समस्या परेमा जतिखेर पनि भिडियो एक्सरे सेवा लिँदा आमा र गर्भमा रहेको शिशुको समस्या समयमा पत्ता लाग्ने भएकाले सर्केगाड गाउँपालिकाको सहकार्यमा सो स्वास्थ्य चौकीमा यो सेवा सुरु गरिएको हो ।

गर्भमा रहेको बच्चाको अवस्था केछ उल्टो सुल्टो के छ पोषण पुगेको छ वा छैन लगाएतका स्वास्थ्य सम्बन्धी जानकारी लिनका लागी पनि भिडियो एक्सरे सेवा सञ्चालन गरेको स्वास्थ्यकर्मी पालले बताउनुभयो ।

भिडियो एक्सरे सेवा सञ्चालन कार्यक्रममा गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, उपाध्यक्ष चन्द्रसिंह कार्की उपसिथ्ती रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको बिशेष पहलमा उक्त मेसिन सहितका सामग्री सहयोग संघीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंले उक्त स्वास्थ्य चौकीलाई उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?