पोर्चुगलका प्रशिक्षक सान्तोस बर्खास्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । कतार फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।

विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो ।

पहिलोपटक क्वार्टरफाइनल पुगेको ​मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेको थियो ।

सान्तोसले पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका थिए । पोर्चुगल फुटबल महासंघसँग उनले सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सम्झौता गरेका थिए । तर उक्त सम्झौता अगाबै उनि बर्खास्तमा परेका हुन् ।

विभिन्न मिडिया रिपोर्ट अनुसार पोर्चुगलको फुटबल संघले आफ्नै देशका ६८ वर्षका सान्तोषलाई पदबाट हटाएर ‘फ्रेस कोच’का साथ अब नयाँ यात्रा सुरुआत गर्ने गरी छलफल सुरु गरेको छ ।

सान्तोष कतारबाट पोर्चुगल पुगिसकेका छन् । पोर्चुगल अन्तिम आठमा मोरक्कोसँग १-० ले पराजित भएर आउट भएको थियो ।

पछिल्ला दिन आएका रिपोर्ट अनुसार प्रशिक्षक सान्तोष र टिमका कप्तन क्रिस्टियानो रोनाल्डोबीच सम्बन्ध बिग्रन थालेपछि संघले टिमको एकता कायम राख्न तथा नयाँ ढंगले सुरुआत गर्नका लागि सान्तोषलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

विश्वकपमा रोनाल्डोलाई सान्तोषले अन्तिम १६ र अन्तिम आठमा लगातार बेन्चमा राखेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?