
एजेन्सी । भारी वर्षा र नदीको सतह बढेपछि उत्तरी म्यानमारका विभिन्न शहरहरूमा बाढीले २५ सय भन्दा बढी घरपरिवार बिस्थापित भएका छन् । काचिन राज्यको मित्किनामा, अय्यारवाडी नदीको पानीको स्तर अत्याधिक बढेको बताइएको छ ।
जसबाट २ हजार ६४ घरधुरी बिस्थापित भएका छन् । काचिन राज्यको हपाकान्त टाउनसिपमा, भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित घडट घरधुरीका मानिसहरूलाई अर्को ठाउँमँ सारिएको छ ।
सागिङ क्षेत्रको हकामती टाउनमा मंगलबार चिन्दविन नदीको पानीको सतहले चेतावनीको सीमा नाघेको र १८८ घरधुरीलाई विस्थापित गरेको प्रतिवेदनले जनाएको छ ।
बुधबार उत्तरी म्यानमारको काचिन राज्यका मोगाउङ र भामोलगायतका धेरै सहरहरूमा अय्यारवाडी नदी र खाडीहरूको पानीको स्तर सीमा भन्दा बढी भएको बताइएको छ ।
मौसम एजेन्सीले नदीको किनारमा बस्ने बासिन्दाहरूलाई र शहरका तल्लो क्षेत्रहरूमा सावधानी अपनाउन पनि सल्लाह दिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच