एजेन्सी । विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा साबिक विजेता कार्लोस अल्कारेज प्रवेश गर्नुभएको छ ।
स्पेनिस स्टार अल्कारेजले अष्ट्रेलियाका अलेक्सजेन्डर भुकिचलाई ३-० को सोझो सेटमा पराजित गर्नुभयो । विश्व नम्बर तीन अलेक्सजेन्डरले खेल ७-६(७-५), ६-२, ६-२ ले आफ्नो पक्षमा पार्नुभएको थियो ।
अल्कारेजले तेस्रो चरणमा अमेरिकाका फ्रान्सिस टियाफोको सामना गर्नुहुनेछ । टियाफोले क्रोएसियाका ब्रोना कोरिचलाई ७-६ (७-५), ६-१, ६-३ ले पराजित गर्नुभएको थियो । यसैगरी डानिल मेदभेदेव, जानिक सिनर र टोमी पउलले पनि तेस्रो चरणको यात्रा तय गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच