काठमाडौं । काठमाडौंको मध्य वानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा सुधार आएको छ । गत वर्ष (२०८०) एसइई परीक्षामा सहभागी विद्यार्थीमध्ये ८२ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक रामाशिष यादवले जानकारी दिनुभयो । उहाँका अनुसार एसइई परीक्षामा सहभागी कुल २५३ विद्यार्थीमध्ये २०८ जना उत्तीर्ण भएका हुन् । जुन यसअघिको एसइईको नतिजाभन्दा राम्रो हो । जसमध्ये दुईजनाले चार जिपिए प्राप्त गरेका छन् । एसइईको नतिजा आगामी वर्ष थप सुधार गर्ने उहाँले बताउनुभयो । ‘गत वर्षको तुलनामा यस वर्ष राम्रो नतिजा आएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी वर्ष थप सुधार गर्छौं । अर्को वर्ष शतप्रतिशत नतिजा ल्याउने योजना छ ।’
विद्यालयले एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा पुरस्कारसमेत वितरण गरेको छ । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । एसइईमा चार जिपिए प्राप्त गरेका दुई विद्यार्थीलाई जनही दश हजार नगदसहित सम्मान गरिएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट नतिजा ल्याउने एक छात्रालाई पाँच हजार र उत्तीर्ण भएका अन्य विद्यार्थीलाई जनही दुई हजार पाँच सय रुपैयाँसहित सम्मान गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरणपछि उहाँले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकुन्दराज अर्यालले पनि राम्रो नतिजा ल्याएकोमा बधाई दिँदै आगामी वर्ष नतिजामा थप सुधार ल्याउने गरी अध्ययन/अध्यापन गराउन निर्देशन दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच