नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बने अनिल शाह

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य पछ्याउको नेपालले सातौ ओभरको खेल सकिँदा आफ्ना दुबै ओपनर गुमाएको छ ।

नेपालका ओपनर आशिफ शेक सोहीको बलमा क्याच आउट हुन पुगे।

विस्फोटक ब्याटिङ गरिरहेका अर्का ओपनर अनिल शाह पनि सोही कै बलमा एलबी डब्लु हुन पुगे । तर, उनले १९ बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतमा अर्धशतक भने पूरा गरे । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भए ।

उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो । यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए ।

अहिले क्रिजमा कप्तान रोहित पौडेललाई अन्डर १९ का कप्तान देव खनालले साथ दिइरहेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानढाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नभनीत धलिवाल ४६, पर्गत सिंह ३८, निकोलस किर्टोन २०, दिलप्रीत बाजवा १९, शाहिद अहमड्जाइ १३, हर्ष ठकेर ३ र कप्तान साद बिन जाफर १ रन बनाएर आउट भए ।

ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

तर १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो ।

त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे । तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै क्यानडामाथि दबाव बनाएका थिए ।

ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे । स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन् ।

पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे । उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०र४ थियो ।

तर सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट भने भागवन २० रनमा नट आउट रहे ।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए । सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?