म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँको दिपशिखा माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई जुनियर डिभिजन तालिम सुरु भएको छ ।
नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीमार्फत बुधबारदेखि तालिम संचालन भएको हो । ७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन गर्न सिकाइने विद्यालयका प्रधानाध्यापक डा.नन्दबहादुर खत्रीले बताउनुभयो ।
७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम नेपाली सेनाले तोकेको स्थानमा हुन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भीडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम दिइने जनाइएको छ ।
खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यवहारिक ज्ञान समेत प्राप्त हुने भएकाले यसअगाडी म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीहरुको आकर्षण बढेको थियो ।
गतबर्ष बेनी नगरपालिका वडा नं ५ पुलाचौरको जनकल्याण माविमा सञ्चालन गरिएको थियो । यो तालिम लिएकालाई भविस्यमा नेपाली सेनामा जागिरका लागि समेत केही सहज हुन्छ भने कुनैपनि बेला आफ्नो सुरक्षामा तालिममा सिकेका सीपलाई प्रयोग गर्न सकिने नेपाली सेनाले जनाएको छ ।
तालिममा छात्र १८ जना र छात्रा १८ गरी ३६ जनाको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक डा.खत्रीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच