काठमाडौं । नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः प्रकाशित भएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको पहिलो अंक लोकार्पण गर्नुभएको हो ।
२००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।
आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताउनु भएको छ।
कांग्रेसले त्रैमासिक रुपमा प्रकाशन गर्न लागेको पहिलो अङ्कमा ‘बीपी साहित्य महोत्सव’ का गतिविधिलाई समेटेर विशेषाङ्क प्रकाशन गरेको छ ।
१३२ पृष्ठको रहेको उक्त विशेषाङ्कको कांग्रेस सभापति देउवाले आज लोकार्पण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच