एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 4 mins

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

सोमवार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनुभएको हो । उहाँले देश विकास र दिगो रक्षाको लागि देशभक्त,सुशासन,शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताउनु भयो । उहाँले अब एमाले फेरी उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताउनु भयो । उहाँले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाइ अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेकपा एमाले सरकारमा भएको बेलामा दुनियाँले रोक्दा रोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ । अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन । एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए । हाम्रो पार्टी फुटाए । पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौं र भित्तामा टासिदिन्छौं भने पार्टी चक्नाचुर हुन्छ भने तर त्यो उनीहरुको सपना थियो । एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ । अब लोकप्रिय पार्टी मात्रै भएर पुगेन । यस लोकप्रिय र देशभक्त,सुशासन,शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टीको एकल बहुमतको सरकार नभइ देशलाई स्थायी रुपमा दिगो रुपमा रक्षा गर्न र अगाडि बढाउन सकिँदैन । समृद्ध बनाउन सकिदैन भन्ने कुरा स्पष्ट भएको छ । मिसन ८४ को सपना खास गरी होइन । उहिले नै जब पिस्करमा गोली हानेर इलो थापी र वीरबहादुर थामीको निर्ममतापूर्वक हत्या भएको थियो । अब डराउने र अल्मलिने अवस्था छैन । विकास निर्माणका कामहरुलाई युद्ध स्तरमा अगाडि बढाएका छौं ।’

उहाँले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पार्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?