-युवराज पौडेल
स्याङ्जा । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश वसन्तराज पौडेलले बताउनु भएको छ ।
स्याङ्जा जिल्लाका ११ वटा पालिका ३१८ वटा मतदान केन्द्र र १९९ वटा मतदान स्थलमा निर्वाचनसँग सम्बन्धित सामग्री र जनशक्ति लगायतको तयारी भइराखेको उहाँले जानकारी दिनुभयो ।
‘जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्रीको तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ पौडेलले बताउनुभयो । उहाँका अनुसार मतपत्रको तयारी सकिइसकेको र निर्वाचनका खटिने अधिकृतहरुलाई तालिम शुक्रबारबाट सञ्चालन भएको छ । शनिबार तालिम सम्पन्न हुने उहाँले बताउनुभयो ।
तालिममा सहभागी अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृत पौडेलले संयमी र अनुशासित भएर आआफ्नो जिम्मेवारीमा लाग्न सुझाव दिँदै निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आआफ्नो जिम्मेवारीलाई गहन रुपमा पुरा गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिँदै जिल्लामा सबै सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन भएकाले ढुक्क भएर काममा लाग्न सुझाव दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिइने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच