भिरबाट लडेर एकजनाकाे मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर एकजनाकाे मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताउनुभयो ।

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताउनुभयो ।

दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?