माङसेबुङ गाउँपालिकाको प्रमुख प्राथमिकता सिंचाई सुविधा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 8 mins

इलाम । माङसेबुङ गाउँपालिकाले गाँउ बासीकालागि सिंचाई सुविधालाई प्रमुख प्राथमिकतामा राखेर काम अगाडी बढाएको छ । कृषि क्षेत्रको विकासको मुख्य आधार सिंचाई सुविधा भएकाले गाँउपालिकाको सबै भुभागमा सिंचाई सुविधा पुर्याउने गरि सिचाईका योजनाहरु कार्यान्यनलाई तिब्रता दिएको हो ।

माङसेबुङ गाउँपालिकाको तल्लो क्षेत्रमा सिंचाई र खानेपानीको सुविधा पर्याप्त भएपनि माथिल्लो क्षेत्रका बासिन्दाले भने अभाव भोग्दै आएका छन् भने पालिकाका अधिकांश क्षेत्रका बासिन्दा आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।

धन, मकै, गहुुँ, जौलगायत परम्परागत खेती हुँदै आएको यो पालिकामा कृषकलाई निर्भाहमुखी खेती प्रणालीवाट मुक्त गराउदै व्यवसायिकतामा जोड्ने योजना पालिकाले अघि सारेको छ । जसकालागि सिंचाईको व्यवस्थापनमा विषेश ध्यान दिएको पाइन्छ ।

पालिकाले जलश्रोतको संरक्षण गर्ने उद्देश्यले जलश्रोत ऐन जारी गरी खानेपानीको मुहानलाई संरक्षण र व्यवस्थित गर्ने प्रयास गरिरहेको छ ।

माङसेबुङ गाउँपालिकामा अधिकांस बासिन्दा कृषि व्यावसायमा निर्भर छन । माङसेबुङ गाउँपालिका कृषि उपज उत्पादन र निर्यातमा निक्कै अब्बल क्षेत्रको रुपमा मानिन्छ । कृषिको व्यवसायीकरण गरि ग्रामीण किसानको जीवनस्तर माथि उठाउन गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरिरहेको पालिकाका अध्यक्ष हेमन्त राईले बताउनुभयो । राईले भन्नुभयो ,“उत्पादकत्व वृद्धि र खाद्य तथा पोषण सुरक्षा गाउँपालिकाको मुख्य प्राथमिकता हो । यहाँका किसानले मुख्य नगदे बालीका रुपमा अलैंची, अदुवा, अम्रिसो, चिया, कफीको खेती गर्दै आएको छन् । त्यस्तै अन्नबालीमा धान, मकै, कोदो, तोरी, गहुँंलगायत उत्पादन हुने गरेको छ । किसानले भौगोलिक उचाईं अनुसार केराउ, मटर, चना, आलु, अकबरे खुर्सानी, दाल, तरकारी, लसुन, प्याज, टमाटार, अदुवा, किवि, आँप, सुन्तला, लिचि, कागती, अलैंची, जडिबुटीजन्य नगदेबाली समेत उत्पादन गर्दै आएका छन् । ”

पालिकाले कृषि उपजको उत्पादनको बृद्धिकै लागि सिचाई सुुविधा पुर्याउने उदेश्यले साना सिचाई कार्याक्रम (एसआइपी)सँगको सहकार्यमा विभिन्न योजना संचालन गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा पालिकाका १ र २ नम्वर वडा वडामा सिंचाई योजना संचालन गरिरहेको छ ।

एक नम्वर वडामा पाक्रुम्वा सिचाई योजना सञ्चालनमा आएको छ । १३ दशमलव ३९ हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पुर्याउने उद्देश्यले संचालित यो योजनाका लागत ३९ लाख ४१ हजार ३ सय १ रुपैयाँ छ । सोही वडामा बाह्रमुरे सिंचाई योजना पनि संचालनमा छ । ४२ लाख ९८ हजार ३ सय ७८ रुपैपाँ लागत रहेको यो योजनवाट ५ दशमलव ७९ हेक्टर जमिन सिंचित हुनेछ । त्यस्तै २१ दशमलव ७५ हेक्टर जमिनमा सिंचाई पुग्ने गरि पालिकाको सोही वडामा निवाघारी सिंचाई योजना संचालनमा छ । जसको लागत ९३ लाख ५२ हजार ५ सय ३६ रुपैयाँ छ । सोही वडामा लामपाते सिंचाई योजना पनि कार्यान्वयमा छ । ५४ लाख १६ हजार ४ सय ८३ रुपैयाँका लागतमा सम्पन्न हुने यो योजनाले ९ दशमलव ९२ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ । पालिकाको २ नम्वर वडामा फेवा विकासे सिंचाई योजना संचालनमा छ । १० दश दशमलव ५० हेक्टर क्षेत्रफलमा सिंचाई गर्ने उद्देश्यले ६४ लाख ३२ हजार १ सय ९२ रुपैयाँको लागतमा अर्को योजना संचालन भइरहेको छ । त्यस्तै माङसेवुङ २ मा नै ठाँटी कुुलो सिचाई योजनाकालागि ३२ लाख १२ हजार ४ सय ५७ रुपैयाँको लागतमा अर्को योजनाको काम भइरहेको छ । जसले ४ दशमलव ८९ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुग्नेछ ।

कृषि उत्पादनको अथाहा संभावना भएर पनि सिचाईको अभावले यतिन्जेल व्यवसायिक खेती फस्टाउन नसकेको यो पलिकामा पछिल्लो पटक (एसआइपी)सँगको सहकार्यमा थालेको कार्यले स्थानीय कृषकमा उत्साहा पलाएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहानले बताउनुभयो ।

त्यसोत इलाम जिल्लाकै तथ्यांक हेर्दा कुल खेतीयोग्य जमिनको १३ प्रतिशत क्षेत्रफलमा मात्र सिचाईको पहुँच पुगेको छ । (एसआइपी)सँगको सहकार्यमा अहिले संचालित योजनाले ६६ दशमलव २३ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ३ करोड २६ लाख ५३ हजार ३ सय ४९ रुपैयाको लगानी माङ्सेवुङमा सिंचाई सुविधा बृद्धि गर्न भइरहेको छ । सिंचाईले नै यस क्षेत्रका कृषकको कृषिप्रतिको सपनालाई पुरा गर्ने देखिन्छ । पर्याप्त सिंचाई सुविधा पुगेपछि यो गाउँपालिका तरकारीखेती, अन्नबालीले हरियाली मात्र देखिने छैन यहाँका कृषकपनि साँच्चै कृषिबाटै आत्मनिर्भर बन्नेछन् । त्यसैले गाउँपालिकाले सिंचाई सुविधालाई दिएको प्राथमिकता गाउँपालिका बासीकालागि हितकर नै देखिन्छ ।

साविकको गजुरमुखी, इभाङ र बाँझो गाउँ विकास समिति समेटिएको इलामको दक्षिण पश्चिमी भागमा अवस्थित गाउँपालिका हो माङसेबुङ गाउँपालिका । १४२ दशमलव ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको माङसेबुङ गाउँपालिकाको पूर्वतिर देउमाईखोला, पश्चिमतर्फ चुलाचुली गाउँपालिका, उत्तरमा फाकफोकथुम गाउँपालिका तथा पाँचथरको मिक्लाजुङ गाउँपालिका र दक्षिणततर्फ चुलाचुली गाउँपालिका रहेको छ । साविकका इभाङ, बाँझो र गजुरमुखी गाविसका २७ वटा वडालाई ६ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको कार्यालय इभाङमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?