काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको अमेरिका शाखा (फान युएसए च्याप्टर) को पुनर्गठित समितिलाई आधिकारिकता प्रदान गरेको छ । संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी आधिकारिकता पत्रमा फान युएस च्याप्टरको पुनर्गठित समितिलाई आधिकारिकता दिन सिफारिस भई आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरूलाई युएस शाखाका रूपमा आधिकारिता प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।
संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काले करिब दस महिनाअघि अमेरिकाको भर्जिनियामा खड्काकै उपस्थितिमा अमेरिकामा रहेका केही चलचित्रकर्मीको सहभागितामा सानो भेला तथा फोन सम्पर्कका आधारमा फान युएसए च्याप्टरका अध्यक्ष दिनेश कार्की, केही पदाधिकारी र सदस्य चयन भएको जानकारी गराउनुभएको छ ।
अहिले नेपाल चलचित्र कलाकार संघ, केन्द्रीय कार्यसमितिको बैठकबाट पूर्णताको आधिकारिकता प्रदान गर्ने निर्णय गर्दै बिहीबार शपथ ग्रहणसमेत गराइएको थियो । फान युएसए च्याप्टरको संस्थापक अध्यक्षमा नवराज श्रेष्ठ (डेनभर, कोलोराडो) तथा निवर्तमान अध्यक्षमा विक्रान्त बस्नेत (न्युयोर्क, अमेरिका) रहनुभएको छ ।
फान युएस च्याप्टरका पदाधिकारीमा अध्यक्ष दिनेश कार्की, वरिष्ठ उपाध्यक्ष गणेश उप्रेती, महासचिव सुवास बी. थापा, कोषाध्यक्ष मदन थापा, सचिव पुष्कर पन्त रहनुभएको छ । यस्तै, सदस्यमा दीपक त्रिपाठी, किशोर सुब्बा, गोपाल अधिकारी, मोहन मिश्र, सुन्दर श्रेष्ठ, सूर्य सिम्खडा, सुमन विष्ट, दिनेश थापा, गीता शाही, राजेश ढुंगाना, रामकृष्ण महर्जन र प्रवेश उप्रेती रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच