काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख सचेतक लेखकले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताउनु भयो । उहाँले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताउनु भयो । उहाँले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताउनु भयो ।
उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको बताउनु भयो ।
संविधानको उचित समीक्षा गरी समसामुहिक संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको बताउनु भयो । संविधानको समसामुहिक संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छाैँ । धेरै नयाँ त होइन पुरानो प्रयोग नै हो । मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ । त्यो स्थिति अब यसपछि अघि नबढोस् । राजनीतिक स्थिरता कायम हुन सकोस् । मुलुकमा विकास र समृद्धिका विषय अघि बढुन् । राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ । संविधानको उचित समीक्षा गरेर यो संविधानको अभ्यासमा देखएका जटिलताहरु, यसका सबल र दुर्बल पक्षहरुको समीक्षा गरेर संविधानको पनि समसामूहिक संशोधन हुन सकोस् । संविधानको समसामूहिक संशोधन भन्दा संशोधन गरेर समसामूहिक संशोधन भन्दा कतिपय कमरेडहरुलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन है । अग्रगमनका लागि गर्ने हो । हामीले संविधानको संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो । थप व्यवस्थित गर्नका लागि हो ।’
प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच