काठमाडौं । सिटिजन्स बैंकले ग्राहकको स्वास्थ्यसमेत ख्याल राख्दै हेल्थ एण्ड वेल्थ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकको होलबढी चेकअपदेखि आँखा, दाँत र छालाको समेत उपचार सुविधा रहेको छ । बैंकले १७औँ वार्षिक उत्सवका अवसरमा गत वैशाखदेखि सञ्चालनमा ल्याएको सिटिजन्स हेल्थ एण्ड वेल्थ बचत योजनाका बचतकर्ताले वर्षमा एकपटक निःशुल्क होलबडी चेकअपको सुविधा पाउनेछन् ।
उक्त योजनामा ग्राहकले खाता खोल्दा न्यूनतम तीन लाख रुपैयाँ मौज्दात राख्नुपर्ने बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारसबिक्रम थापाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँचपटक स्किनसम्बन्धी कन्सल्टेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सल्टेसन सुविधा रहेको छ ।’ उक्त योजनाका बचतकर्ताले अन्य बचतकर्ताको तुलनामा धेरै अर्थात् वार्षिक ५.१५ प्रतिशत ब्याज पाउनेछन् भने पहिलो एक वर्षका लागि निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सुविधा पाउनेछन् । योजनाअन्तर्गतका बचतकर्ताले न्यूनतम मौज्दातबाहेक खातामा रहेको रकम मुद्दती निक्षेपका रूपमा पनि रूपान्तरण गर्न सक्ने थापाले बताउनुभयो ।
मुद्दती निक्षेपका रूपमा मासिक न्यूनतम एक सयदेखि जति पनि रकम राख्न सकिन्छ । जसलाई बैंकले फोर्स इमरजेन्सी फण्ड नाम दिएको छ । हेल्थ एण्ड वेल्थ बचत खाता खोल्दा स्वतः रिकरिङ डिपोजिट योजना पनि हुनेछ । योजनाअन्तर्गतका बचतकर्ताले आफूलाई पैसा चाहिएका बेला खातालाई शून्य मौज्दातको बचत खाताका रूपमा परिवर्तन गरेर झिक्न सक्ने तर खाताको प्रकृति परिवर्तन गरेपछि भने हेल्थ एण्ड वेल्थ बचत योजनाले दिने सुविधा नपाउने बैंकले जनाएको छ ।
सिटिजन्सले सञ्चालन गरेका सबै खालका सुविधा पाइने बचत योजना बंैकिङ क्षेत्रकै लागि नयाँ भएको बैंकको दाबी छ । उक्त योजनाका बचतकर्ताले विद्युतीय फार्मेसीमार्फत् औषधि खरिद गरेको खण्डमा विशेष छुट पाउनेछन् भने मसाज एण्ड सैलुनमा समेत विशेष छुट पाउने, लकर शुल्कमा समेत ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै एक लाखसम्मको मेडिकल क्रेडिट कार्डमा शुल्कसमेत छुट रहेको छ । उक्त योजनालाई लक्षित गरेर बैंकले हालसम्म पाँचवटा हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरिसकेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच