जुम्ला । लगातार अविरल वर्षाबाट कर्णाली राजमार्ग दुईदिन देखी पूर्णरुपमा बन्द भएको छ । सो सडकखण्ड अन्तर्गत कालिकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-६ स्थित टिमुरे,गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिरोले बन्द भएको सडक खुलाउने काम भइरहेको छ । सुर्खेतबाट थप सडक खुलाउनका लागि चाहिने स्रोत साधानको माग भइरहेको छ । साझसम्म सडक संचालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी चित्र चौलागाईले जानकारी दिनुभयो ।
प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सडक खण्ड अवरुद्ध भएकाछन् । अविरल वर्षाका कारण कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णाली राजमार्ग भएर सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरु अलपत्र परेकाछन् ।
हुल्म बजार नजिक ठुला ठुला ढुंगासहित पहिरो खसेपछि त्यस क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द भएको हो । शनिवार साँझ सम्मपनि पहिरो पन्छाउन नसकेपछि हुल्म बजारमै यात्रु रोकिएका थिए । भने केहि यात्रु कालिकोट सदरमुकाम मान्म फर्किएका थिए । दुई दिन राजमार्ग अबरुद्ध भएपनि सवारी साधनहरु बीच सडकमै लाम लगाएर रोकिएका छन् । सडक डिभिजन जुम्लाले पहिरो पन्छाउने कार्यलाई तिव्रता दिएपनि चाडै सडक खुल्ने स्थिती छैन । सडक डिभिजन जुम्लाका अनुसार कार्यालयका सबै मेसिन सहित जनशक्ति पहिरो प्रभावित क्षेत्रमा खटिएपनि सबै ठाउँमा एकैसाथ अबरुद्ध खुलाउन सकिएको छैन् ।
निर्माण व्यवसायीहरुलाई सडक खुलाउन डोजर सहयोग गर्न समेत अपिल गरिएको छ । यदपी हरेक वर्ष बर्खाको समयमा यात्रामा सास्ती हुनेभएपछि सम्भावित क्षेत्र आपसाप डोजर तथा जनशक्ति तयारी अबस्थामा राख्नु पर्नेमा स्थानीय नागरिकको माग छ । वर्षाका कारण राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको थियो । राजमार्गहरू अवरुद्ध भएपछि यात्रुहरू दुई दिनदेखि अलपत्र परेकाछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच