सुर्खेत । पछिल्लो समय मोडलिङ क्षेत्रमा जम्दै गरेकी दुर्गा भट्टले केही म्युजिक भिडियोमा आफ्नो जादुमय अभिनय प्रदर्शन गर्दै आउनुभएको छ । अभिनयमा पोख्त बन्दै गरेकी मोडल भट्टको सुन्दरतामा अझ निखार छ ।
२६ बर्षीया भट्ट मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउन चाहन्छिन् । सोही अनुसार सिक्दै र काम गर्दै गएको भट्ट बताउँछिन् । केही समयअघि कलाकार दुर्गा भट्टको मुख्य अभिनय रहेको गीत ‘हिरा फल्न्या देश’ पनि सार्वजनिक भएको छ । स्वदेशमा जीउने आधार केहि नभेटेर युवाहरु विदेशिनु बाध्यता रहेको विद्यमान देशको पिडा उक्त गीत मार्फत दर्शाइएको छ ।
यो गितमा दुर्गाको अभिनय निकै उत्कृष्ट छ । खडानन्द चौलागाईंको यो गीतमा भानुभक्त जोशि र खडानन्द चौलागाईंको शब्द-कथा, भुवन प्रकाश बडूको लय तथा टिका पुन र खडानन्द चौलागाईंको स्वर रहेको छ । यो गीतसँगै मोडल भट्टले सयौं म्यूजिक भिडियोमा अभिनय गरीसक्नु भएको छ । उहाँले अभिनय गरेका गीत दर्शकले पनि निकै रुचाएका छन् ।
उहाँले छोटो समयमा चारभन्दा बढी म्यूजिक अवार्ड र सम्मान पाउनु भएको छ । भारत, थाइल्याण्ड, मलेसिया, सिंहापुर र दुबै लगायत देशमा पुगेर दर्शकसामु धमकेदार अभिनय प्रर्दशन गरिसक्नुभएको छ । तर उहाँ यो क्षेत्रमा आउनुको कुरा पीडादायी छ । बाल्यकालदेखि संघर्ष गर्दै आएकी दुर्गाले यसअघि पत्रिका र बीमा इन्स्योरेन्समा समेत काम गरेको तितो अनुभव छ । त्यहाँ पारिश्रम नआउँदा अभिनयमा लागेको उहाँ बताउनुहुन्छ ।
टेलिभिजन पर्दामा आउने रहर
कलाकार दुर्गा भट्टको हाल स्थायी ठेगना कृष्णपुर नगरपालिका–८, कन्चनपुर हो । बुवा नारदप्रसाद भट्ट र आमा बिस्नादेवी भट्टको कोखबाट जन्मीएकी दुर्गा भट्ट कलाकारीतामा लागेको ६ वर्ष बितिसकेको छ । जीवनको उतारचडावका कारण डडेल्धुराहुँदै कन्चनपुर बसाइँसराइँ गर्नुको पीडा उहाँको परिवारले भोगेको छ ।
डडेल्धुरा चौरास भट्टगाउँबाट तत्कालीन रैकवार बिचवा गाविस कन्चनपुरमा बाआमा बसाइँसराइ गरेर आउँदा दुर्गा जम्मा ७ वर्षकी हुनुहुन्थ्यो । आर्थिक अवस्था सामान्य रहेका कारण उहाँले कक्षा १ देखि एसएलसीसम्म स्थानीय कञ्चन माध्यमिक विद्यालयमै पढ्नुभयो । त्यतिबेला गेटामा रहेको सरस्वती मावि अत्यन्तै लोकप्रिय विद्यालय भएकोले उहाँले पनि साथीहरूसँग ११ र १२ त्यतै पढनुभयो ।
विद्यालय जिवनदेखि नै टेलिभिजनको पर्दामा देखिने उहाँको रहर हो । अहिले डिजिटल प्लेट फार्म मार्फत दर्शक श्रोतामा माझ सकृय रूपमा देखिने मोडल दुर्गाले ६ वर्षको अवधिमा दर्जनौं म्युजिक भिडियो खेलिसक्नुभएको छ ।
सुरुमा छोडी जाने निस्टुरी गीतमा सानो भुमिका पाएकी उहाँले पछि चर्चित कलाकार शंकर बिसीसँग जस्ले जे भन्छ नाँच्छु मजाले तीज गीतमा अभिनय गर्न पाउँदा अत्यन्तै खुशी भएको अनुभव सुनाउनुहुन्छ । देशकै लोकप्रिय कलाकारसँग सो तीज गीतमा अभिनय गर्दा दर्शक स्रोता माझ चिनाउन सफल भएको उहाँ बताउनुहुन्छ् ।
‘मलाई कलाकार नै बन्नु थियो । त्यसैले अत्यन्तै दुःख गरियो । अँझै लोकप्रिय हुन नसकेनी आफुलाई सन्तुष्टि भने मिलेको छ’ उहाँले भन्नुभयो्, ‘आफुले अभिनय गरेका म्युजिक भिडियो दर्जनौं सुटिङ भए तर के कति कारणले ती सबै सार्वजनिक भएनन ? थाहा छैन आशा छ कुनैदिन ती सबै सार्वजनिक हुनेछन् ।’
मार्केटिङदेखि बीमा अभिकर्ताको काम
उमेर बढ्दै गयो १२ को पढाइ सकेपछि आफ्नो खर्च पनि कसरी धान्ने भन्ने कुराले दुर्गालाई पीरोल्न थाल्यो । पछि स्थानीय अत्तरीया पोष्ट पत्रिकामा दुर्गाले बजार प्रतिनिधिको रूपमा मार्केटिङको काम गर्नुभयो । त्यहाँ पनि काम असाध्यै मेहनत गर्नुपर्ने तर पारिश्रमिक भनेजस्तो नपाएपछि केही महिनापछि दुर्गाले काम नै छोडिदिनुभयो ।
त्यसपछि बीमा इन्स्योरेन्समा एजेन्ट भएर काम गरेको अनुभव छ । तर त्यहाँ पनि दुर्गालाई सन्तुष्टि मिलेन । त्यसपछि उहाँले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढाइलाई निरन्तरता दिन सक्नुभएन । चारैतिर समस्या र संकटले घेरेपछि अन्ततः दुर्गाले कलाकारितामा लाग्ने सोच आयो । कलाकारिताबाट नाम कमाइन्छ अनी राम्रो गरे दाम पनि कमाइन्छ भन्ने हुटहुटी जाग्यो । अनी २०७४ सालबाट दुर्गा कलाकारीतामा होमिनुभयो ।
सुरुमा सुदूरपश्चिमका विभिन्न मेला महोत्सवमा उहाँले आफ्नो नृत्य देखाउनुहुन्थ्यो । जसोतसो १ वर्ष उहाँको त्यतै बित्यो । त्यो बिचमा केही म्युजिक भिडियो र ७÷८ सर्ट मुभिमा काम गर्ने अवसर पाइयो । तर सोचेजस्तो भने सन्तुष्टि कामबाट मिलेन । प्रोड्युसरले ६÷७ दिन सुटिङमा सँगै बस्नुपर्छ घर आउन जान मिल्दैन भनेपछि उहाँले त्यो प्रस्ताव इन्कार गर्नुभयो । त्यसपछि उहाँले अभिनय गरेका सर्ट मुभिलाई अर्को पात्र राखेर पुनः रि–सुटिङ गरेको नमिठो अनुभव उहाँसंग छ ।
एक समय कलाकारीता मेरो लागि होइन कि? म सक्दैन कि क्या हो ?जस्तो सोच बेलाबेलामा दुर्गालाई लागिरह्यो । तर उहाँले हिम्मत हार्नुभएन । सुदूरपश्चिमका मेला महोत्सवमा नृत्य गर्दागर्दै बिस्तारै उहाँले आफ्नो परिचय बनानुभयो । केहिले चिन्न थाले, हौसला दिन थाले, त्यसपछि उहाँलाई कलाकारीताको नशा चढ्यो ।
बाबाले दिएको तीन सय रुपैँया
दुर्गा भट्टलाई विस्तारै सुदूरपश्चिम बाहिर पनि चिनिन मन लाग्यो । त्यसका लागि काठमाडौं जाने योजना बन्यो । काठमाडौ जाने त जाने तर कसरी जाने ? घरपरिवारसँग काठमाडौसम्म पठाउने भाडा समेत थिएन । दुर्गाले पछि आफू काठमाडौं जान्छु भन्दा बाआमाले सुरुमा मान्नुभएन । तर बिस्तारै उहाँले घरपरिवारलाई मनाउनुभयो ।
‘घरबाट काठमाडौंक लागि यात्रा त तय गर्ने निधो भयो । तर पैंसा थिएन । आफुले नृत्यबाट जम्मा गरेर लुकाई राखेको १ हजार ५ सय रुपैयाँ थियो’ उहाँले भननुभयो, ‘त्यत्तिले पनि काठमाडौं पुगिदैन थियो, तर जाने निधो गरेपछि यात्रा सुरु गर्ने तयारी भयोे । त्यो बेला बाबाले ३०० रुपैंया हातमा थमाइएको याद ताजै छ ।’
त्यत्तिले अब के गर्नु ? भाडा तिर्नु कि खाना खानु ? तर दुर्गा सपनाको शहर काठमाडौ हिड्नुभएकाे सुनाउनु हुन्छ । जेनतेन काठमाडौंसम्म खर्च पुर्याएकाे बताउँदै नौलो शहर, फराकिला सडक, नयाँ नयाँ मान्छे उहाँलाई सबै बिराना लाग्न थालेकाे उहाँले सुनाउनु भयाे ।
‘सुरुमा अक्क न बक्क भएँ । न कोही चिनेको छन्, नत खाना बस्नकै ठेगान छ । काठमाडौंमा १५ दिनसम्म चाउचाउ र पानी खाएरै बसेँ’ उहाँले थप्नुभयो, ‘पछि बिस्तारै चिनजान बढाउँदै गएँ, साथीहरु बने, कोठासम्म खोजेँ । अनि थुप्रै कलाकारलाई गुहारे । तर सुरुमा कसैले पत्याएनन् ।’
अरु पत्याउन पनि कसरी, किन कि उहाँको प्रतिभा कसैले देखेका थिएनन् । पछि आफूमा भएको क्षमता बिस्तारै अरुलाई देखाउँदै गएपछि काम पाइयो । अहिले दुर्गा लगभग व्यस्त नै हुनुहुन्छ । काठमाडौंमा, कहिले छिमेकी मुलुक भारतमा रहेका नेपाली दाजुभाइले आयोजना गरेका सांस्कृतिक कार्यक्रममा र कहिले देशका विभिन्न मेला महोत्सवमा दुर्गालाई अफर आइरहेको छ ।
बाबाले दिएको ३ सय रूपैँयाबोकेर काठमाडाैं हिडेकी दुर्गा अहिले महिनाको ३० - ४० हजार मज्जैले कमाउनुहुन्छ । अभिनय सँगसँगै स्टेज कार्यक्रममा अफर बढी आउने गरेको छ । यतिमात्रै होइन अहिले आफै गीत लेख्ने, म्युजिक भिडियोमा अभिनय गर्ने लगायत कलाकारितामै उहाँ व्यस्त हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच