
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक ५२ किसिमका रोगलाई संक्रामक रोग निर्धारण गरेको हो ।
पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिडलाई संक्रामक रोग भनेर राखिएको छ । चौथोमा दादुरा र पाँचौँमा डेंगु रोगलाई राखिएको छ । यस्तै, छैटौँमा जापानिज इन्सेफलाइटिस र सातौँमा हैजा रोगलाई संक्रामक रोगको सूचीमा राखिँदा त्यसपछि क्रमशः धनुष्टंकार, एच.आइ.भी÷एड्स, एन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्याग्दे ज्वारो, कालाजार, रोटाभाइरस, रुबेलालाई पनि समावेश गरिएको छ ।
यस्तै, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग, निकोकल निमोनिया, कमलपित्त, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रुसेलोसिस, कुष्ठरोग, लहरेखोकीसमेत संक्रामक रोगअन्तर्गत परेका छन् । कमलपित्त सी, निपाह भाइरस इन्फेक्सन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजिज, हात्तीपाइले, साल्मोनेसिस, क्रिमियन कांगो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजिजलाई पनि संक्रामक रोग भनेर सरकारले तोकेको छ ।
सार्स, कमलपित्त ए, प्लेग, लिजियोनेलोसि, इनोकोकोसिस/हाइडैटिडोसिस, एमपक्स, बिफर, एल्लो फिवर, कमलपित्त ई, चिकुनगुनिया रोगलाई पनि संक्रामक रोगको सूचीमा समावेश गरिएको छ । यस्तै, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई पनि मन्त्रालयले संक्रामक रोगको सूचीमा राखेको छ । नेपाल सरकारका सचव हरिप्रसाद मैनालीले जारी गरेको विज्ञप्तिमा उक्त संक्रामक रोगका बारेमा जानकारी दिइएको हो । जनस्वास्थ्य ऐनमा संक्रामक रोगलाई उच्च जोखिमयुक्त मानिएको छ । यस्तो रोग देखापरेमा सम्बन्धित निकायले तत्काल उपचार व्यवस्था मिलाउनुपर्छ ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पहिलोपटक संक्रामक रोगबारे सूचीकृत गरिएको बताउनुभयो । उहाँले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुनअनुसार सूचीकृत गरिएको जानकारी दिनुभयो । ५२ वटालाई सरुवा रोग घोषणा गरेपछि अब यसको आधारमा रिपोर्ट र उपचार गर्ने व्यवस्था मिलाउन सहज हुने उहाँले जानकारी दिनुभयो । जनस्वास्थ्य ऐनमा भएको प्रावधानलाई कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालयले सयौँ रोगमध्ये प्राथमिकताको आधारमा ५२ वटाको नाम सूचीकृत गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच