काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताउनुभएको छ ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशलाई निकास दिन ठूला राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दलहरु मिल्नु राम्रो भएको बताउनु भयो । उहाँले भ्रष्टाचार गर्ने कुनैपनि नेताहरुलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जुन अवस्था देशको छ, त्यसलाई निकास दिने बाहेक अर्को विकल्प छैन । त्यसको लागि ठूला पार्टीहरुले सोच्ने बेला आइसकेको छ । जसको जसको फाइल बनेको छ, जसले भ्रष्टाचार गरेका छन्, म रविजीलाई भन्न चाहन्छु, अझै गृहमन्त्री हुनुहुन्छ, तत्काल कारबाही गर्नुस् न नेपाली जनताले यो चाहेका छन् । अहिलेसम्म खालि एउटाले अर्कोलाई आरोप लगाउने बाहेक कुनै काम भएको छैन । गलत काम कोही ठूला नेताले गर्छ भने कारबाही गर्नुस् । निर्दोषलाई फसाउन पाइँदैन ।’
सांसद सिंहले मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच