
क्यानबेरा । अस्ट्रेलियाका ओपनर ब्याट्म्यान डेभिड वार्नरले सन्न्यास फिर्ता लिँदै पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन चाहेको बताउनुभएको छ । भर्खरै सम्पन्न ट्वान्टी-२० विश्वकपमा सुपर-८ बाट बाहिरिएसँगै वार्नरले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिनुभएको थियो । एकदिवसीय र टेस्टबाट भने उहाँले गत वर्ष नै सन्न्यासको घोषणा गरिसक्नुभएको छ ।
वार्नरले सामाजिक सञ्जालमार्फत् पाकिस्तानमा अर्को वर्ष हुने आइसिसी च्याम्पियन्स ट्रफी खेल्न चाहेको बताउनुभएको हो । ‘म केही समय फ्रेन्चाइज क्रिकेट खेल्नेछु । यदि अवसर पाएमा च्याम्पियन्स राष्ट्रिय टोलीबाट ट्रफीमा खेल्न पनि तयार छु,’ वार्नरले भन्नुभएको छ, ‘अस्ट्रेलियाले पछिल्ला वर्षमा अविश्वसनीय सफलता पाएको तर अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, यो कुरा कप्तान, प्रशिक्षक र कोचिङ स्टाफ सबैलाई थाहा छ ।’ वार्नरले टेस्टमा ८,७८६, एकदिवसीयमा ६, ९३२ र ट्वान्टी २० अन्तर्राष्ट्रियमा ३,२७७ रन बनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच