काठमाडौं । गत सातादेखि निरन्तर बढ्दोक्रममा रहेको सेयर बजार बुधबार २३.२५ अंकले बढेर २१७५.४० अंकमा पुगेको छ । कारोबार रकम पनि २० करोड ८२ लाख रुपैयाँले बढेर छ अर्ब ७४ करोड ४० लाख ८३ हजार तीन सय ९१ रुपैयाँ पुगेको छ । यस दिन तीन सय २२ कम्पनीका एक करोड ५२ लाख ९६ हजार तीन सय ३९ कित्ता सेयर कारोबार भएका छन् । अघिल्लो कारोबार दिन पाँच अर्ब ५३ करोड ५८ लाखको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ समूहगत सूचकमध्ये विकास बैंकबाहेक सबै बढेका छन् । विकास बैंक ०.२९ प्रतिशतले घटेको छ । वाणिज्य बैंक सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ भने लघुवित्त १.५४, निर्जीवन बिमा १.२९, फाइनान्स १.१५ र जलविद्युत् उपसमूहगत सूचक १.०७ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपालको सबैभन्दा धेरै १५ करोड आठ लाख ९९ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
त्यस्तै जानकी फाइनान्स १४ करोड ८२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट ११ करोड ३९ लाख, सिइडिबी हाइड्रोपावर नौ करोड १४ लाख र ङादी ग्रुप पावर आठ करोड ८० लाख बराबरको सेयर खरिदबिक्री भएका छन् । १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०८३ र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ को ८.६६, सिक्लेस हाइड्रोपावर ८.३२ र एनआइसी एसिया लघुवित्तको ७.८१ प्रतिशतले बढेको छ ।
तर, बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र र समाज लघुवित्तको ९.८८ प्रतिशतले घटेको छ । सिटिजन सुपर ३० म्युचुअल फण्ड ५.१६, ग्लोबल आइएमई लघुवित्त ४.२८ र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को इकाई मूल्य ३.२४ प्रतिशतले घटेको छ । कारोबार कित्ताका आधारमा लक्ष्मी उन्नति कोषको १० लाख सात हजार तीन सय ५० कित्ता इकाई कारोबार भएको छ भने कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै एक हजार सात सय ९४ वटा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच