
ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ असार २७ गते बिहीबार, ई.स. २०२४ जुलाई ११, तिथि- आषाढ शुक्लपक्ष पञ्चमी, ८ः३६ बजेपछि षष्ठी, नक्षत्र- पूर्वफाल्गुनी, १२ः३५ बजेपछि उत्तरफाल्गुनी, वरियान्- योग, वालव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ५ः१७, सूर्यास्त- १९ः०१ ।
मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
तुला : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
वृश्चिक : कार्यबोझले शारीरिक थकान बढ्नेछ ।
धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच