भोजपुर । निरन्तरको बर्षातका कारण भोजपुरका बिभिन्न ठाउँहरुमा सडक अवरुद्ध हुन थालेका छन् ।
निरन्तरको बर्षातको कारण सडक माथिको ढुंगा सडकमा खस्दा जिल्लाको रामप्रसादराई गाउँपालिकामा सडक अवरुद्ध बनेको छ । रामप्रसाद राई गाउँपालिका-६ नेवार गाउँ चिलाउनेटार स्कुल माथिको ढुंगाहरु सडकमा खस्दा अवरुद्ध भएको पालिकावासी बाजेन्द्र राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, “निरन्तरको बर्षाले गर्दा सडक माथिका ढुंगाहरु तल खस्दा बाटो नै पूर्णरुपमा बन्द छ ।”सडक अवरोध हुँदा धोद्लेखानी, ओख्रे, दलगाउँ र रामप्रसादराई गाउँपालिका केन्द्र बैकुण्ठे जान समस्या भएको छ ।
सडक अवरुद्ध भएपछि सो क्षेत्रबाट मोटरसाइकल समेत नचल्ने अवस्था भएको छ । सडक अवरुद्ध भएपछि रामप्रसाद राई गाउँपालिका हुदै चल्ने यातायातका साधनहरु समेत पूर्णरुपमा बन्द भएका छन् ।
यता जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको वडा नम्वर ३, मेस्पाङमा बर्षातका कारण सडक भासिएपछि ठुला सवारीका साधन संचालनमा समस्या हुँदै आईरहेको छ । साना सवारीका साधन जेनतेन चलेपनि ठुला साधनहरु संचालनमा समस्या भएको यातायात ब्यवसायीहरुले बताएका छन् ।
मध्यपहाडी राजमार्गअन्तर्गतको यो सडक भोजपुरबाट खोटाङ हुदै काठमाडाैं जाने छोटो दुरीको सडक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच