सृष्टि, स्थिति र लय निरन्तर चलिरहने प्रक्रिया हो । जन्मसँगै मृत्यु अवश्यम्भावी छ । भौतिकवादीका मतमा सृष्टि त हुन्छ तर पुनर्जन्म हुँदैन भन्ने पाइन्छ । कतिपयले यही सृष्टिलाई पुनर्जन्म पनि मानेका छन् । भूतपदार्थको मात्र अध्ययन गरेर बताउने भौतिकवाद भन्दा अध्यात्मका आगनीमा नगई यी योनिका तात्विक रहस्य खुल्न सकदैनन् । पौरस्त्य आध्यात्मिक मतलाई हेर्ने हो भने हामी चौरासीलाख योनिमा आफ्नो कर्मअनुसार भोग गरी उत्तम मनुष्यको योनि प्राप्त गर्दछौँ । यसबाट माथिउठ्ने वा तिनै योनिमा घुम्ने भन्ने कुरा हाम्रा शुभाशुभ कर्मले निर्धारित गर्दछन् । सृष्टिचक्र निरन्तर चलिरहन्छ । अन्वय र व्यतिरेक संसारका पर्याय हुन्–
‘अन्वय व्यतिरकाभ्यां यत्स्यात् सर्वत्र सर्वदा । (श्रीमद्भागवत, २।९।३५)
अर्थात् यो संसारमा निरन्तर जोडिने र छुट्ने प्रक्रम चलिरहन्छ । आत्माले अनेकौं शरीर परिवर्तन गरिहन्छ भन्ने कुरा श्रीमद्भगवतद्गीताको यो श्लोकबाट पनि जान्न सकिन्छः
‘वासांसि जीर्णानि यथा विहाय ।
नवानि गृहृणाति नरोद्रपराणि ।
तथा शरीराणि विहाय जीर्णा–
न्यन्यानि संयाति नवानि देही ।।’
(गीता, २।२२) अर्थात् जसरी हामी पुरानो कपडालाई त्यागेर नयाँ कपडा फेछौँ त्यसैगरी हाम्रो आत्माले नयाँ शरीर फेर्दै जान्छ । यही फेर्ने क्रममा चौरासी लाख योनि परिवर्तन हुँदै–हुँदै कर्म अनुसार मनुष्यको उत्तम योनि प्राप्त हुन्छ भन्ने पौरस्त्य मान्यता रहेको छ ।
स्मृति पुराणले पनि यही कुराको व्याख्या गरेका छन् । यसरी परिवर्तन हुने योनि स्त्री रूप वा पुरुष रूप दुवै हुनसक्छ । पुञ्जनराजा अर्को योनिमा स्त्री रूपमा प्रकट भएका, भरतले मृगयोनि प्राप्त गरेका आदि प्रसङ्गबाट यो जुनि परिवर्तन स्त्री, पुरुष वा अन्य जुनसुकैमा पनि हुनसक्ने कुरा जान्न सकिन्छ । अधिकांश कुरा हाम्रै विषयवासना र कर्ममा निर्धारित हुन्छन् भन्ने पनि पाइन्छ । यसैले परब्रहृम प्राप्तिको कामना गर्न हाम्रा ऋषि महर्षिले उपदेश दिएका हुन् ।
विभिन्न लोकको व्यवस्था शास्त्रमा पाइन्छ । यसैगरी कर्मअनुसार भोग गर्नुपर्ने योनिका बारेमा वर्णन पुराणमा उल्लेख छन् । योनि भनेको जुनि हो । यही चौरासी लाख योनिमा हाम्रो कर्मको फलअनुसार आत्मा परिभ्रण गरिरहन्छ भनी पुराणमा बताइएको छ ।
यो चराचर जगत्मा कालक्रम अनुसार सृष्टि र लय निरन्तर चलिरहन्छन् । ‘दिनादौ सृष्टि दिनान्ते लय’ (सिद्धान्तशिरोमणि) भनी ब्रहृमाजीको दिनभरि सृष्टि चलिरहन्छ र ब्रहृमाजीको दिन सकिएपछि यो सृष्टिमा पनि लय हुन्छ । जुन सृष्टि चल्ने र लय हुने समय चार अर्ब बत्तीस करोड वर्षको हुने गर्दछ । यही चार अर्ब बत्तीस करोड वर्षसम्म सृष्टि निरन्तर चलिरहन्छ । यो सृष्टि हुने र लय हुने क्रम अनन्त चलिरहन्छ भनी शास्त्रमा उल्लेख गरिएको छ । सय वर्षको सृष्टिकर्ता ब्रहमाजीको आयु बताइएको छ ।
ब्रहृमाजीको एक दिन (१२ घण्टा) को समय बित्दा हाम्रा चार अर्ब बत्तीस करोर सौर वर्ष व्यतीत हुन्छन् । ब्रहृमाजीको आयुपश्चात् पनि अर्का ब्रहृमाजीले सृष्टि गर्ने भएकाले सृष्टि स्थिति र लयका चक्र चलिरहन्छन् भन्ने छ । यो सृष्टिमा चौरासी लाख योनिको चक्र पनि कर्मअनुसार निरन्तर चलिरहन्छ । आजको विज्ञानले पनि पृथ्वीको आयु चार अर्ब वर्षको मानेको छ । पुनः सृष्टि हुने नहुने कुरामा कुनै तथ्य उल्लेख गरेको पाइँदैन भने पौरस्त्य दर्शनमा यी कुरा विस्तृत रूपमा व्याख्या गरिएका छन् ।
विभिन्न लोकको व्यवस्था शास्त्रमा पाइन्छ । यसैगरी कर्मअनुसार भोग गर्नुपर्ने योनिका बारेमा वर्णन पुराणमा उल्लेख छन् । योनि भनेको जुनि हो । यही चौरासीलाख योनिमा हाम्रो कर्मको फलअनुसार आत्मा परिभ्रण गरिरहन्छ भनी पुराणमा बताइएको छ । ‘कर्मानुगो गच्छति जीव एक’ अर्थात् कर्मअनुसारको जीव नै निरन्तर योनिमा परिभ्रमण गरिहन्छ । शरीर नाशवान् छ भने आत्मा अविनाशी छ । यसैले शरीरबाट आत्माले छोडेपछि व्यक्तिको भौतिक अवसान हुन्छ तर आत्मिक रूपमा हरेक व्यक्ति अजर अमर छन् भन्ने वेदान्त दर्शको मान्यता रहेको छ । यही कुरा गीतमा पनि उल्लेख छ । यसै गरी कर्मअनुसार के कस्ता योनिमा जन्म लिनुपर्छ भन्ने कुराका बारेमा श्रीमद्भागवतमहापुरण, गरुड पुराण लगायतका ग्रन्थमा उल्लेख पाइन्छ ।
सृष्टि, स्थिति र लय यी संसारका नियमित चक्र हुन् । जसमा चाहेर पनि नचाहेर पनि हामी चल्नुको विकल्प छैन । आजको विज्ञानले जीवाशेषलाई अनुसन्धान गरेर अड्कल काट्ने हुन् जुन कुरा हाम्रा शास्त्रमा हजारौं वर्ष पहिले नै बताइएका छन् ।
आध्यात्मवादी दर्शनमा पुनर्जन्मलाई स्वीकार गरिएको छ भने भौतिक वादले यो कुरा स्वीकार गर्दैन । यसैगरी अध्यात्मवादमा सृष्टि स्थिति र लयको विशद् व्याख्या छ । तर भौतिकवादी दर्शनमा वस्तु उत्पत्ति भएपछि मात्र व्याख्या गर्ने, जीवका अवशेषबाट उत्पत्तिका अनुमान गर्ने प्रवृत्ति पाइन्छ । जुन कुरा हजारौं वर्षपहिले अध्यात्मवादी दर्शनमा व्यक्त छ । जीवविज्ञानका अनुसार अमिबादेखि मानिससम्म करिब १ करोड ४ लाख योनिहरू छन् भनिए तापनि पृथ्वीमा अन्दाजी ८७ लाख योनिहरूले बसोबास गर्छन् भनी लर्ड रोबर्ट मेले बताएका छन् । यो एउटा मत हो । यस्ता मत वैज्ञानिक अनुसार भिन्न भिन्न पाइन्छन् ।
पद्म पुराणमा चौरासी लाख योनिको वर्गीकरण निम्नानुसार गरिएको छः
‘जलजा नव लक्षाणि, स्थावरा लक्ष विंशतिः ।
कृमयो रुद्रसङख्याकाः पक्षिणां दशलक्षकम् ।
त्रिंशल्लक्षाणि पशवश्चतुर्लक्षाणि मानुषाः ।।’
(पद्मपुराण) अर्थात्, जलचर–नौ लाख, स्थावर (सबैखाले वनस्पतिहरू)–बीस लाख, सरीसृप (घिस्रिएर हिँड्ने) तथा कीटपतङ्गहरू–एघार लाख, पक्षीहरू–दश लाख, स्थलचर–तीस लाख, मानव–चार लाख गरी चौरासी लाख योनिको उल्लेख पाइन्छ ।
यसै गरी गरुडपुराणमा अण्डज २१ लाख, स्वेदज (पसिनाबाट उत्पन्न हुने) २१ लाख, बीउबाट उत्पन्न हुने उद्भिज्ज २१ लाख र जराबाट उत्पन्न हुने जरायुजा २१ लाख गरी चौरासी लाख योनि हुन्छन् भनी बाइएको छः
‘चतुरशीतिलक्षाणि चतुर्भेदाश्च जन्तवः ।
अण्डजाः स्वेदजाश्चैव उद्भिज्जाश्च जरायुजाः ।।
एकविंशतिलक्षाणि ह्यण्डजाः परिकीर्त्तितताः ।
स्वेदजाश्च तथैवोक्ता उद्भिज्जास्तत्प्रमाणतः ।।
जरायुजाश्च तावन्तो मनुष्याद्याश्च जन्तवः ।
सर्ववेषामेव जन्तूनां मानुषत्वं सुदुर्लभम् ।।” (श्रीगरुडपुराण, प्रेतकल्प, २।८) ।
अर्थात् अण्डज, स्वेदज, उद्भिज, जरायुज सबैका २१ /२१ लाखा योनि हुन्छन् । यसैगरी बृहद् विष्णुपुराणमा जलचर नौलाख, स्थावर बीस लाख, कीट (कीरा) एघार लाख, पक्षी दश लाख, पशु तीस लाख, मुनष्यका चारलाख योनि हुन्छन् भनी बताइएको छः
‘जलजा नव लक्षाणि स्थावरा लक्षविंशतिः ।
कृमयो रुद्रसङ्ख्याकाः पक्षिणां दशलक्षकम् ।।
त्रिंशल्लक्षाणि पशवश्चतुर्लक्षाणि मानुषाः ।
सर्व्वयोनिं परित्यज्य ब्रहृमयोनिं ततोद्रभ्यगात् ।।’
(बृहद्विष्णुपुराण) यी सबै सबै योनिलाई त्यागेपछि ब्रहृमयोनि प्राप्त हुन्छ भनेर पनि बताइएको छ । यसरी हेर्दा प्रायः सबै ग्रन्थले चौरासी लाख योनिको नै उल्लेख गरेका छन् । यसभित्रका वस्तु र सङ्ख्यामा भने भिन्नता रहेको पाइन्छ । सबै शास्त्रले मनुष्य योनिलाई नै उत्तम मानेका छन् । मनुष्य योनिपश्चात् नै उत्तम ब्रहृमयोनि प्राप्त हुन्छ भनेर पनि बताएको छ ।
यो मुनष्य शरीर पुनः प्राप्त गर्न निकै कठिन रहेको कुरा पनि शास्त्रमा उल्लेख छः ‘ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पत’ (कठोपनिषद्) अर्थात्–यदि मान्छेले आफ्नो शरीरलाई व्यर्थमा त्याग्छन् भने निकै कल्पसम्म पनि मनुष्यको योनि मिल्न मुस्किल पर्ने गर्दछ । यो शरीर सत्कर्मका निम्ति हो भनी श्रीमदभागवतामा बताइएको छः
‘नायं देहो देहभाजां नृलोके कष्टान कामानर्हते विड्भुजां ये ।
तपो दिव्यं पुत्रका येन सत्त्वं शुद्धयेद्यस्माद् ब्रह्मसौख्यं त्वनन्तम् ।।’ (श्रीमद्भागवत ५।५।१) जड्भरतले राजा रघुगणलाई पनि यही कुरा संझाएका छन् । उत्तम मुनष्य योनिप्राप्त भएपछिमात्र अनन्त ब्रहृमसुख प्राप्त गर्ने बाटा खुल्दछन् । यसैले मानुष्य योनिलाई सत्कार्यमा उपयोग गर्न सक्नुपर्दछ । सत्मार्गमा अघि बढाउन सक्नु पर्दछ ।
अर्थात् यो शरीर असत् कर्मका निम्ति होइन तपस्याद्वारा अन्तः करणको शुद्धिबाट अनन्त ब्रहृमसुखको अनुभव गर्नका लागि हो । विषय सुख त पशुपक्षीले पनि गर्दछन् भनी उत्तम मनुस्ययोनिको उल्लेख गरिएको छ । यो मुनष्य योनि निकै दुर्लभ रहेको कुरा पनि बताइएको छः
‘कौमर आचरेत् प्राज्ञो धर्मान् भागवतानिह ।
दुर्लभं मानुषं जन्म तदप्यध्रुवमर्थदम् ।।’
(श्रीमद्भागवत, ७।६।१) यसैले यो मनुष्य योनिलाई सत्मार्गमा लगाउन सक्नुपर्दछ । जसबाट सबैको कल्याण सम्भव छ ।
सृष्टि, स्थिति र लय यी संसारका नियमित चक्र हुन् । जसमा चाहेर पनि नचाहेर पनि हामी चल्नुको विकल्प छैन । चौरासी लाख योनि रहेको तथ्य हाम्रा पौरुस्त्य वाङ्मयमा उल्लेख गरिएको छ । आजको विज्ञानले जीवाशेषलाई अनुसन्धान गरेर अड्कल काट्ने हुन् जुन कुरा हाम्रा शास्त्रमा हजारौँ वर्ष पहिले नै बताइएका छन् । सूर्यादि नवग्रह, तिनके गति स्थिति, ग्रहण, वर्षा विज्ञान, तिथिमिति जस्ता गहनतम विषयवस्तुको खोज हजारौँ वर्षपहिले नै हाम्रा ऋषि महर्षिले गरिसकेका छन् ।
सोही आधारमा नै दर्शन उपदेश गरेका हुन् । भूत पदार्थको मात्र व्याख्या गर्ने भौतिक वैज्ञानिकले त्यसभन्दा परको कुरा खोज गर्न सक्दैनन् । शास्त्रअनुसार योनिभित्रका भेदमा भिन्नता बताइएका पनि मूलतः चौरासीलाख योनि रहेको कुरा सम्पूर्ण शास्त्रको निचोडबाट प्राप्त गर्न सकिन्छ । यी चौरासीलाख योनिमध्ये नि मनुष्य योनिलाई उत्तम मानिएको छ । यहाँबाट नै परमपद वा अनन्त आनन्दका ढोका खोल्न सकिने भएकाले पनि यस योनिलाई विशेष महत्त्वका साथ बताइएको छ । यसैले हाम्रा ऋषि महिर्षले मनुष्य योनिको सदुपयोग गर्न, सत्कार्यमा लाग्न अभिप्रेरित गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच