नेपालगन्जमा धारिलो हतियार प्रहार गरी एकको हत्या

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । बाँकेको नेपालगन्जमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएकाे छ । शुक्रबार राती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का ३८ वर्षीय इरसद राई कबाडियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक नारायण डाँगीले हिमालय टाइम्सलाई बताउनु भयो ।

हत्या किन र कसले गरेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुर्व्यसनीकर्ताबीच आपसमा विवाद भएको थियो ।

विवाद मिलाउन खोजेका राईको नै हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । गम्भिर घाईते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डाँगीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?