काठमाडौं । माछापुच्छ्रे बैंकले प्रसिद्धराज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत र सुभाष जमरकट्टेललाई नायब महाप्रबन्धकमा बढुवा गरेको छ । बैंकको असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले बढुवा गर्ने निर्णय गरेको होे ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोत्तर अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकसमेतमा रही विभिन्न पदमा कार्यानुभवी रहनुभएको छ । त्यस्तै सन् २०१० देखि बैंकिङ करियर सुरु गर्नुभएका सुभाष जमरकट्टेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आबद्ध हुनुहुन्छ ।
जमरकट्टेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा चिनिनुहुन्छ । उहाँ इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त हुनुहुन्छ ।
साथै एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्रीसमेत हासिल गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच