
बर्लिन । जर्मनी युरो २०२४ को क्वाटरफाइनलबाटै बाहिरिएपछि स्ट्राइकर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएको छ । ‘राष्ट्रिय टोलीका १३१ खेल र ४५ गोलपछि म बिदाइ लिँदैछु,’ मुलरले भिडियो वक्तव्यमा भन्नुभएको छ ।
सेप्टेम्बरमा ३५ वर्ष पुग्नुभएका मुलर सन् २०१४ को विश्वकप जित्ने जर्मन टोलीका प्रमुख सदस्य हुनुहुन्थ्यो । सेमिफाइनलमा आयोजक ब्राजिलमाथि जर्मनीको ७-१ को अविष्मरणीय जितमा पनि उहाँले पहिलो गोल गर्नुभएको थियो । ‘जब मैले १४ वर्षअघि जर्मन राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थिएँ, मैले यो सपनामा पनि सोचेको थिइनँ,’ मुलरले भन्नुभएको छ, ‘देशका लागि खेल्न पाउँदा मलाई सधैँ गर्व लाग्छ । हामीले सँगै उत्सव मनायौँ र कहिलेकाहीँ सँगै आँसु झार्यौं ।’
युरो २०२४ बाट जर्मनी बाहिरिएपछि मुलरले सन्न्यासको संकेत गर्नुभएको थियो । सन् २०१४ को विश्वकप विजेता जर्मनीको राष्ट्रिय टोलीमा अब गोलकिपर म्यानुअल नुयर एकमात्र खेलाडी रहनुहुनेछ । जर्मनी र रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले युरोअघि नै फुटबलबाट सन्न्यास लिने घोषणा गर्नुभएको थियो । मुलरले आफ्नो क्लब बायर्न म्युनिखका लागि खेल्न जारी राख्नुहुनेछ । बायर्नसँग उहाँको २०२५ सम्म सम्झौता छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच