काठमाडौं । समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ ।
आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ दिनभित्र दस्तावेज पेस गर्न कार्यदल बनाएको हो ।
पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षागरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिनुभयो ।
“उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहनविक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “प्रगतिशील र कम्युनिष्टसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको छ ।”
मोर्चाले अहिलेको घटनाक्रम समिक्षा गर्न कार्यदल बनाउने निर्णय गरेसँगै कार्यदलमा खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' , प्रमेश हमाल , देव गुरुङ र गङ्गा नारायण श्रेष्ठ रहनुभएको छ । कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच