काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका समकक्षीहरूले बधाई ज्ञापन गरेका छन् । मंगलबार पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले प्रधानमन्त्री ओलीलाई नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान-नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन ओलीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताउनुभएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शेहबाजले व्यक्त गर्नुभएको छ ।
त्यसअघि ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिनुभएको हो ।
उहाँले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताउनुभएको छ । दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उहाँको जोड छ । प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । सोमबार प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतले भेट गर्नुभएको थियो । राजदूत चन सोङले सामाजिक सञ्जाल एक्समा आफूले प्रधानमन्त्री भेटेर बधाई दिएको उल्लेख गर्दै दुई देशको समयबाट प्रमाणिक व्यवहारिक काम द्रूत बढाउने छलफल भएको राजदूत सोङले उल्लेख गर्नुभएको थियो ।
उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्री सिंहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव मंगलबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पुग्नुभएको हो । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूका बीचमा नेपालको सहरी विकासको क्षेत्रमा भारतीय सरकारले गर्न सक्ने सहयोगको सम्बन्धमा कुराकानी भएको छ । भेटवार्ता पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भारतको अनुदान सहयोगमा निर्माण भइरहेका नेपालका पुरातात्त्विक सम्पदाहरूको बारेमा समीक्षा भएको जानकारी दिनुभयो ।
भेटमा राजदूतले भारतको सहयोगमा विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरमा एकीकृत जाँच चौकी निर्माण भइरहेको र त्यसमा नेपालले आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएको भन्दै सन्तोष व्यक्त गरेको जानकारी दिनुभयो । त्यस्तै राजदूत श्रीवास्तवले भारतीय राजदूतावासबाट २० करोड रुपैयाँसम्मको लागतमा पूर्वाधार निर्माणको काम गर्न तयार रहेको कुरा राखेको पनि उहाँले जानकारी दिनुभयो । भेटवार्तका क्रममा फोहोरमैला व्यवस्थापनका काममा पनि नेपाल-भारतका बीचमा सहकार्य गर्ने सहमति भएको उहाँले बताउनुभयो । सचिव गेलालले सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताताउनुभयो । यसैगरी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको छ । दुईबीच मंगलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । सो अवसरमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राणाले सोमबार मात्रै परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच