प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका समेत नदिई राजीनामा मागेर एमाले फस्यो : राजेन्द्र पाण्डे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नु भएको छ ।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टिकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उहाँको दावी थियो । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘यसको बारेमा त तपाईले अस्ती तिरै थाहा पाई सक्नुपर्ने हो । गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरु बालुवाटारमा अस्तीनै बैठकमा उपस्थिति थियौं । राजीनामा गर्नु पर्दैन । एक त एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पथ्र्यों । संसदमा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसदमा उहाँहरुले कुरा उठाउन सक्नु हुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो । ’

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?