भारतको दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सञ्चालन

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीले बस सेवाको उद्घाटन गर्नुभएको हो । फ्युल सेलले हाइड्रोजन र हावाको प्रयोग गरेर बस चलाउन बिजुली उत्पादन गर्छ ।

डिजेल र पेट्रोलबाट चल्ने परम्परागत बसहरुको तुलनामा यो पर्यावरण अनुकुलन हुने विश्वास रहेको छ । यस वर्षको अन्त्य सम्ममा दिल्लीमा १५ वटा बस सञ्चालन हुने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?