बर्दघाटमा ११ र १२ का कक्षा दिवा समयमा सञ्चालन गर्न निर्देशन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । बर्दघाट नगरपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन गर्नका लागि नगरका सबै विद्यालयहरुलाई निर्देशन गरेको छ । गत शैक्षिक शत्रमा नै कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन गर्न आग्रह गरेको बर्दघाट नगरले यस शैक्षिक शत्रमा भने निर्देशन कार्यान्वयन नगर्ने विद्यालयलाई कानुनि कार्वाहि गर्ने लिखित पत्र दिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाले मंगलबार नगर प्रमुखको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन गर्न नगरले अहिले सम्म गरेका प्रयासहरुका वारेमा जानकारी गराएको थियो । २०८० साल असार ५ गते भएको बर्दघाट नगर कार्यपालिकाको निर्णय बमोजिम नगरले २०८० असार १५ गते सबै विद्यालयलाई दिवा समयमा कक्षा सञ्चालनका लागी अनुरोध गरेको र २०८० साउन २१ गते पुनः दिवा कक्षा सञ्चालन गर्न निर्देशन गरेको नगरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । तर बर्दघाट नगरपालिकाले गरेको निर्देशनलाई अटेरी गरी बर्दघाट नगरका चारवटा विद्यालयहरुले कक्षा ११ र १२ का कक्षाहरु बिहानी समयमा नै सञ्चालन गर्दै आईरहेका छन् ।

नगरको पटक पटक निर्देशनलाई विद्यालयहरुले अटेरी गरेपछि अहिले नयाँ शैक्षिक सत्र (कक्षा ११/१२) साउन देखि नै नगर आफ्नो निर्णय कार्यन्वयमा लागेको देखीएको छ । यो शैक्षिक सत्रमा नगरले गरेको निर्णय कार्यन्वयन गर्ने दाबी नगरको छ । "नगरले अहिले कक्षा ११/१२ दिवा समयमा नै सञ्चालन गराउने हो । पछि विद्यार्थी अलपत्र नहुन भनेर नै हामीले विद्यार्थी र अभिभावकलाईसमेत अनुरोध गरेका छौं ।" नगर प्रमुख श्रेष्ठले भन्नुभयो । बर्दघाट नगरले कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन नगर्ने विद्यालयहरुमा अभिभावकलाई बिद्यार्थीहरु भर्ना नगर्न र नगराउनका लागि विज्ञप्ती मार्फत् नगरवासीहरुमा अनुरोध गरेको छ ।

अहिले सम्म नगरको निर्देशनलाई नमान्नेहरुमा दिब्यज्योती मा. वि. चिसापानी, कुमुदिनी ईङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल, बर्दघाट र न्यु लाइफ सेकेन्डरी स्कूल बर्दघाट रहेको नगरले जनाएको छ । नगर स्रोतका अनुसार दाउन्ने र दिब्यज्योति यो शैक्षिक सत्रबाट पुर्ण रुपमा दिवा समयमा जाने तयारी रहेपनि न्यु लाइफ र कुमुदिनीले अहिले सम्म अटेर गरेको नगरले उल्लेख गरेको छ । दिवा समयमा कक्षा सञ्चालन गर्ने कार्यपालिकाको निर्णय कार्यन्वयन गर्नुको साटो उहाहरुले कार्यपालिकाको निर्णय नै परिवर्तन गर्नु पर्छ भन्ने आसयको पत्र न्यु लाइफ र कुमुदिनीले नगरमा पठाएको नगरको भनाइ छ ।

पत्रकार सम्मेलनमा नगर उप प्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल, नगर प्रवक्ता सन्तु गाहा, सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ, शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख लोकराज पन्थी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?