काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल यथावत् छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । दक्षिण एसियाली वरीयतामा नेपाल तेस्रो स्थानमा कायम छ ।
दक्षिण एसियामा भारत पहिलो अर्थात् विश्व वरीयतामा १२४औँ स्थानमा छ । दक्षिण एसियामा दोस्रोमा रहेको माल्दिभ्स तीन स्थान खस्कँदै १६३औँ स्थानमा झरेको छ ।
दक्षिण एसियामा चौथो स्थानको भुटान १८२औँ नम्बरमा छ । पाँचौँ स्थानको बंगलादेश १८४औँ नम्बरमा छ । छैटौँ र सातौँ स्थानका पाकिस्तान र श्रीलंका क्रमशः १९७औँ र २०५औँ नम्बरमा छन् ।
फिफा विश्व वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै छ । वरीयताको दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा इंग्ल्याण्ड र पाँचौँ स्थानमा ब्राजिल छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच