
काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक इस्यु (एफपिओ) निष्कासन गर्ने भएको छ । लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरणपछि कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको जम्मा छ लाख ६९ हजार नौ सय २७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासनका माध्यमबाट सेयर जारी गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा नेसनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र आरबिबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको संस्थाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच