सिमलताल पहिरो : मृतक विकका परिवारलाई दुई लाख सहयोग

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?