लण्डन । फुटबल क्लब मार्सेलीले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मेसन ग्रीनवुडलाई अनुबन्ध गरेको छ । इंग्ल्याण्डका लागि एकपटक खेलिसक्नुभएका २२ वर्षीय ग्रीनवुडलाई सन् २०२२को जनवरीमा बलात्कार र यौन दुव्र्यवहारको प्रयासको आरोपमा युनाइटेडले निलम्बन गरेको थियो ।
गत सिजन उहाँले ला लिगाको गेटाफेमा लोनमा बिताउनुभएको थियो । ‘म्यानचेस्टर युनाइटेडबाट ग्रीनवुडलाई अनुबन्धित गरेको घोषणा गर्न पाउँदा खुशी छौं,’ फ्रान्सेली क्लबले आफ्नो वेबसाइटमा भनेको छ ।
२२ वर्षीय स्ट्राइकरले स्वास्थ्य परिक्षणपछि क्लबमा हस्ताक्षर गर्नुभएको छ । गत सिजन लिग वानमा आठौं स्थानमा रहेको दक्षिणी क्लबले आफ्नो नयाँ स्ट्राइकरलाई १० नम्बरको जर्सी दिएको छ ।
ग्रीनवुडले १७ वर्ष १५६ दिनको उमेरमा सन् २०१९ मा च्याम्पियन्स लिगमा युनाइटेडबाट डेब्यू गर्नुभएको थियो । त्यसको चार दिनपछि उहाँले प्रिमियर लिगमा पनि डेब्यु गर्नुभएको थियो । उहाँले सेप्टेम्बर २०२० मा इंग्ल्याण्डको राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच