काठमाडौं । महिला एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछ्याएको भारतले १४.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो । शुक्रबार नै सम्पन्न समूहअन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक विजयी सुरुवात गरेको थियो । नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो ।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाए पूरा गरेको थियो । अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्नेछ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच