काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियान थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूलाई आग्रह गर्नुभएको छ । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले करिब १५ वर्षअघि नेपाल युवा उद्यमी मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । ढकालले महासंघको युवा संगठनका रूपमा नेपाल युवा उद्यमी मञ्चले महासंघको प्रतिष्ठा बढाउने काममा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको जानकारी गराउँदै उहाँले महासंघ स्टार्टअपलाई कानुनमा परिभाषित गर्न सफल भएको बताउनुभयो । मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवद्र्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच