साउन । बैतडीका स्थानीय तहबाट गत आर्थिक वर्षमा २५ करोड बढी रकम फिर्ता भएको छ । स्थानीय तहमा सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत प्राप्त भएको रकममध्ये गत आर्थिक वर्षमा २५ करोड २१ लाख ९४ हजार ३६९ रुपैयाँ खर्च नभएर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा बैतडीका १० ओटै स्थानीय तहमा दुई अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६४८ रुपैयाँ बजेट आएकोमा दुई अर्ब ५८ करोड ३१ लाख ६३ हजार २७८ रुपैयाँ खर्च भएको छ । जिल्लाको पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार २३४ रुपैयाँ प्राप्त भएकोमा चार करोड ७७ लाख ८३ हजार ११० रुपैयाँ फिर्ता भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकामा गत आर्थिक वर्षमा ४० करोड २४ लाख १८ हजार ९६० रुपैयाँ बजेट प्राप्त भएकोमा दुई करोड ९९ लाख २४ हजार ७२५ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । पुर्चौंडी नगरपालिकाको ३८ करोड २९ लाख ३३ हजार ९३० रुपैयाँ बजेटबाट ९० लाख १५ हजार ५२६ रुपैयाँ फिर्ता भएको छ ।
मेलौली नगरपालिकाले २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँमध्ये दुई करोड ७२ लाख ७० हजार ६४० रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिनुभयो । डिलाशैनी गाउँपालिकाले २४ करोड ५५ लाख ९९ हजार १४३ रुपैयाँ बजेटमध्ये गत आर्थिक वर्षमा ६८ लाख ७२ हजार २८२ रुपैयाँ फिर्ता भएको छ । यस्तै, दोगडाकेदार गाउँपालिकाको ३० करोड २० लाख ८१ हजार २९३ रुपैयाँमध्ये तीन करोड ५४ लाख ९९ हजार ७५८ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । पञ्चेश्वर गाउँपालिकाको २० करोड २४ लाख ८८ हजार ९५ रुपैयाँ बजेटमध्ये गत आर्थिक वर्षमा एक करोड ९८ लाख ५० हजार ३६० रुपैयाँ खर्च नहुँदा फिर्ता भएको छ । गत आर्थिक वर्षमा शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार ३५१ रुपैयाँ बजेटमध्ये ३ करोड २९ लाख ३४ हजार ७५६ रुपैयाँ फिर्ता भएको छ ।
सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार ५०० रुपैयाँ बजेटमध्ये खर्च हुन नसकेर एक करोड ५५ लाख ६ हजार ४६९ रुपैयाँ फिर्ता भएको छ । यस्तै, जिल्लाको सुर्नया गाउँपालिकाबाट गत आर्थिक वर्षमा २३ करोड ९२ लाख १० हजार ६१६ रुपैयाँमध्ये २ करोड ७५ लाख ३६ हजार ७३९ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ ।
विगतको वर्षको तुलनामा स्थानीय तहहरूले खर्चको आकार बढाए पनि कर्मचारी अभाव र मौसमको प्रतिकूलताका कारण शतप्रतिशत खर्च गर्न नसकिएको बताएका छन् ।
संघ र प्रदेश मातहतका सरकारी कार्यालयहरूबाट ८७ करोड बढी रकम फिर्ता
यसैगरी, गत आर्थिक वर्षमा संघ र प्रदेश सरकार मातहतका कार्यालयबाट पनि ८७ करोड बढी रकम फिर्ता भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरूबाट खर्च हुन नसकेर गत आर्थिक वर्ष २०८०/८१ मा ८७ करोड ११ लाख पाँच हजार ४४८ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
गत आर्थिक वर्षमा बैतडीमा संघीय कार्यालयहरूले ६ अर्ब ६७ करोड ७० लाख ४० हजार ३९३ रुपैयाँ प्राप्त गरेका थिए । सो बजेटमध्ये संघीय कार्यालयहरूबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार ९५१ रुपैयाँ फिर्ता भएको लेखापाल भट्टले बताए ।
यस्तै, प्रदेशका कार्यालयहरूमा गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड नौ लाख ८६ हजार ७४३ रुपैयाँ बजेट आएको थियो । प्रदेशका कार्यालयहरूबाट ४४ करोड ६५ लाख १६ हजार ४९७ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच