चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ३६ करोड ७२ लाख ९२ हजार ८०७ रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।
मासिक तथ्याङ्क केलाउँदा साउनमा एक करोड पाँच लाख ३२ हजार ४३, भदौमा एक करोड ७२ लाख २५ हजार ५९४, असोजमा दुई करोड ५१ लाख ८० हजार ७६ र कात्तिकमा चार करोड ५९ लाख ९२ हजार २३६ रूपैयाँ राजस्व सङ्कलन भएको देखिन्छ ।
मङ्सिरमा चार करोड ५७ लाख ६१ हजार ५२४, पुसमा दुई करोड ८० लाख १३ हजार ९४५, माघमा दुई करोड १९ लाख ५६ हजार ७१४ र फागुनमा तीन करोड ५१ लाख ४९ हजार ८८५ रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चैतमा पाँच करोड २८ लाख ८९ हजार १४९, वैशाखमा चार करोड १८ लाख ७० हजार ४०३, जेठमा तीन करोड ३२ लाख ३८ हजार १९९ र असारमा ९४ लाख ९१ हजार ६८७ रूपैयाँ राजस्व सङ्कलन भएको हो । निकुञ्जले पर्यटक प्रवेशबाट मात्रै २५ करोड १० लाख १८ हजार चार सय रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यसबाहेक जीव सफारीबाट पाँच करोड ४७ लाख, ढुङ्गा, गिट्टी, बालुवाबाट चार करोड ६५ लाख ३५ हजार ४६९, दण्ड जरिवानाबाट आठ लाख ४३ हजार २२५ र न्यायिक दण्ड जरिवानाबाट पाँच लाख ३२ हजार ९०० रूपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयाे ।
चितवनमा बार्षिक तीन बढी पर्यटन गन्तव्य अबलाेकनकाे लागि आउने गरेका छन् । चितवन आउने ९० प्रतिशत पर्यटकले निकुञ्ज अबलाेकन गर्ने गर्छन । तेस्राे पर्यटकीय गन्तव्य साैराहाबाट ८० प्रतिशत पर्यटकले निकुञ्ज अबलाेकन गर्ने गरेकाे सुचना अधिकारी तिवारीले बताउनु भयाे ।
सफारी पर्यटनकाे हिसावले स्थापित साैराहाकाे पर्यटन निकुञ्जकाे मुख्य आम्दानीकाे स्राेत हाे । यहाँ आएका अधिकांस पर्यटकले हात्ती सफारी, जीप सफारी र डुंगा शयर मार्फत वन्यजन्तु, जलचर र चराचुरुङ्गीकाे अबलाेकन गर्ने गरेका छन् । साैराहामा १३० वटा पर्यटकीय हाेटल र ९० वटा रेष्टुरेन्ट रहेका छन् ।
पछिल्लाे समय साैराहासंग भरतपुर महानगरपालिकाकाे पटिहानी र मेघाैलीमा पनि पर्यटकीय हाेटलहरु सञ्चालनमा रहेका छन् । माडी धार्मिक पर्यटन फष्टाएकाे छ । यहाँ हाेमस्टे सञ्चालनमा रहेका छन् । माडीका हाेमस्टे स्वदेशी पर्यटकले चलेका छन् । चितवन भित्रिएका करिब ३० प्रतिशत पर्यटकले पटिहानी,मेघाैली र माडीलाई गन्तव्य बनाउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच