
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पूर्वाधार विकासमा प्रदेश सरकारले ठूलो फड्को मारेको बताउनुभएको छ ।
प्रदेश सरकारले १८ महिनाको कार्यकालमा गरेका प्रमुख कार्यहरुको पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मुख्यमन्त्रीको दाबी समेत गर्नुभएको छ ।
नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरि आफ्नो कार्यकायलको सबैभन्दा ठूलो उपलब्धि भएको उहाँले बताउनुभएको छ ।
२०७९ पुसमा मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेलले सामाजिक समावेशीकरणतर्फ विभिन्न कार्यक्रमहरू सञ्चालन, चेपाङ, चिउरी तथा चमेरो संरक्षण कार्यक्रम, दलित समुदाय समग्र विकास कार्यक्रम र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बन्धी नीति कार्यान्वयन गरिएको उल्लेख गर्नुभएको छ ।
प्रचण्ड नेतृत्वको सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन पहलकदमी लिएको समेत उहाँले दाबी गर्नुभएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नपाउने पक्का भएपछि जाँदाजाँदै आफ्नो कार्यकालमा भएका उपलब्धीहरू सार्वजनिक गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच