हेटौंडा। विश्वासको मत लिने प्रस्ताव दर्ता गराई प्रदेशसभाको बैठक आह्वान गराउनुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनमा सम्बोधन गर्दै राजीनामा दिनुभएको छ ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएकाे मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता भएको थियो ।
आइतबारको प्रदेशसभा बैठकमा सम्बोधन गर्ने क्रममा आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गर्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ सरकार बनाउन मार्ग प्रसस्त गरिएको घोषणा गर्नुभयो । आफूले गरेको कामको विषय प्रदेशसभामा रेकर्ड गराउनको लागि मात्र प्रदेशसभामा विश्वासको मतकोे प्रस्ताव दर्ता गराएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने परिस्थिति बनेको र उनीहरुको स्पष्ट बहुमत रहेकाले आफूले नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरेको जम्कट्टेलले बताउनुभयो । जम्कट्टेल पछिल्लो समय एमाले, नेकपा एकीकृत समाजवादीसहितका दलको समर्थनमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो । संसदको पहिलो र दोस्रो दल मिलेर बन्ने सरकारले के गर्नेछ भन्ने आफूहरुले प्रतिपक्षमा बसेर हेर्ने जम्कट्टेलले बताउनुभयो ।
२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा पर्नुभएको थियो । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट जम्कट्टेलल दोस्रो कार्यकालको पहिलो बागमती सरकारको नेतृत्व गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच