
जनकपुरधाम । असार मसान्त समाप्त भएसंगै अव कुनै कामै नभएको जस्तो अहिले मधेशका मन्त्रालय र खास गरि मधेश सरकार मातहतका निकायहरु सुसाशन हुन्छ । यसै बिचमा मधेशका ११ वटै मन्त्रालयमा मुख्यमन्त्री पुगेर छड्के अनुगमन गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आज मन्त्रालयहरुको छड्केमा निस्किनुभएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालय सहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण अवलोकन गर्नुभयो ।
प्रदेश सरकारको कार्यालयहरुमा कर्मचारीहरूको लापरबाही बढेको, असार मसान्तपछि निकायहरुमा कर्मचारी नभएको, हाजरी र उपस्थितिमा लापरवाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले आइतवार विहानै मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गर्नुभएको हो ।
झन गुरु पूर्णिमाको दिन परेकाले विदा सरहनै कर्मचारीहरु निश्चिन्त रहेका दिन भएको छड्के पश्चात मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताउनु भयो । 'हाजरीगरि गायव हुने, एकैदिन प्याकेजमा हाजरी गर्ने, अनुपस्थित रहेको दिनको पनि हाजरी गर्ने र मुख्यमन्त्री कार्यालय भवनको तल देखि माथिल्लो तल्ला सम्म पुग्दै गर्दा पनि हाजरी गर्न भ्याएका उदाहरणहरु मुख्यमन्त्रीले आँखाकै अगाडि भेटेँ ।' उहाँले भन्नुभयो ।
उहाँले कर्मचारीहरूमा खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता लापरवाही पाइएको बताउँदै अव उपरान्त यस्तो पाइए कडा कारवाही गर्ने चेतावनी समेत दिनुभएको छ । प्रदेश सरकारकै
कर्मचारीहरूमा त्रुटि भेटिएपछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफ समेत माग गरिएको छ । पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारणबारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार पहिलो दिनको अनुगमनमा कर्मचारीमा धेरै लापरबाही पाइएकाले देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ । कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गर्नुभएकाे थियाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको मुख्यमन्त्री सिंहले निरीक्षण गर्नुभएको थियो ।
- पुरन साह
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच