
काठमाडौं । नयाँ सरकारसँगै सेयर बजार निरन्तर रूपमा बढिरहेको छ । पछिल्ला चार दिनमा सेयर बजार औसत ६१.३८ अंकले बढेको छ । आइतबार पनि नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ अंकमा पुगेको छ । यस दिन तीन सय १५ कम्पनीका १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० रुपैयाँ बराबरका चार करोड ११ लाख ९५ हजार तीन सय ३४ कित्ता सेयर एक लाख ७७ हजार चार सय ६७ पटक कारोबार भएका छन् । १३ वटै समूहगत परिसूचक बढेकोमा व्यापार सर्वाधिक ६.८० प्रतिशत बढेको छ भने होटल तथा पर्यटनमूलक ४.२१, बैंकिङ ३.८६ र अन्य ३.३८ प्रतिशतले बढेको छ । लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक साढे दुई प्रतिशतभन्दा धेरैले बढेको छ । आइतबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.८६, एनएमबी–५० को ९.५५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.४९, कुमारी बैंक ९.२१, सुपर मादी हाइड्रोपावर ९.०८ र नेपाल फाइनान्सको ८.७३ प्रतिशतले मूल्य बढेको छ ।
सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल एसबिआई डिबेञ्चर २०८३ को मूल्य ६.८४, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को ५.९२, माथिल्लो मैलुङ खोला जलविद्युत् ५.५४ प्रतिशत र प्रभु स्मार्ट फण्डको ४.६७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सोल्टी होटलको ३४ करोड १० लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन रि इन्स्योरेन्स ३० करोड ६७ लाख, कुमारी बैंक २७ करोड ९३ लाख, सिइडिबी हाइड्रोपावर २६ करोड ८५ लाख र शिवम् सिमेन्टको २४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच