गुल्मी । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ ।
सोमबार प्रेस चौतारी नेपाल गुल्मीद्वारा तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सरकार परिवर्तन मात्रै नभएको भन्दै उहाँले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको बताउनुभयो ।
पछिल्लो समय चलिरहेको अस्थिरतालाई अन्त्य गरी स्थिरता कायम गर्न सरकार परिवर्तनसंगै महत्त्वपूर्ण राजनीतिक परिवर्तन भएको बताउनुभयो ।
विकासको गतिलाई तिव्रता दिन नेपालको राष्ट्रिय एकताका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको गठबन्धन भएको बताउनुभयो ।
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सुशासन र राजनीतिक स्थायित्व कायम गर्ने गरी वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार लाग्ने भन्दै युवालाई उद्यमशीलताका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच