नेपाल एयरलाइन्सको व्यवस्थापन अध्ययन समिति

तस्बिरः नयूज एजेन्सी नेपाल

Read Time = 2 mins

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सको संरचनागत र व्यवस्थापकीय पक्ष अध्ययन गर्न समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँचसदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टीकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र सहारा न्यौपाने रहनुभएको छ ।

निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी समितिले अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ । आर्थिकरूपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झण्डै ५० अर्ब ऋणभार बहन गरिरहेको छ । बजार विस्तार र व्यावसायिक योजना ल्याउन नसक्दा निगमले व्यावसायिक सफलता हासिल गर्न सकेको छैन ।

यसैबीच उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिनभित्र पेश गर्न निर्देशन दिनुभएको छ । शनिबार विमानस्थलस्थित अध्यागमन कार्यालय निरीक्षणका साथै सेवाग्राहीको गुनासो सुन्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोग्ने गरेका हैरानी, लगेज सुरक्षा, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाइजेसनलगायतका सुधारका खाका तयार पार्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?