काठमाडौं । गीतकार विकास घले गुरुङको नयाँ गीत ‘रोधी घर’ सार्वजनिक भएको छ । यो गीत भिडियो अमेरिकाको पेन्सलभेनियमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापा, युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ लगायतले कार्यक्रममा गीतको प्रशंसा गर्दै ‘रोधी घर’ले हराउँदै गएको नेपाली कला संस्कृतिको संरक्षण गरेको धारणा राख्नुभयो । गीतकार गुरुङले आफू जहाँ रहे पनि नेपाली कलासंस्कृति बिर्सन नसक्ने भन्दै कला संस्कृतिको जगेर्नाका लागि गीत निर्माण गरेको सुनाउनुभयो ।
दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ । भिडियोको छायांकन पवन गौतमले गनुभएको हो ।
कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको हो ।
भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र विकास घले गुरुङको अभिनय छ । स्थानिय कलाकार कार्लईस गुरुङको अलवा आमा समूह र ईन्ट्र फाउन्डेसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् । भिडियोको निर्देशक तथा सम्पादन पनि विकास नै गर्नुभएको हो । विकास चलचित्र निर्देशक तथा खेलाडी पनि हुनुहुन्छ । गीत रेड ओशियन नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच