
सुर्खेत । कर्णालीमा विपद्बाट चार वर्षमा ४१९ जनको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांनुसार पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका हुन् ।
यो चार आर्थिक वर्षको अवधिमा चार हजार पाँच सय ७९ वटा विपद्का घटना घटेका छन् । जसअनुसार आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । भने आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना हुदाँ ६८ जनाले ज्यान गुमाएका थिए ।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना हुदाँ एक सय ९४ जनाले ज्यान गुमाएका छन् ।
कर्णाली प्रदेशमा पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । तथ्यांकअनुसार बाढीका कारण हुने मानवीय क्षति घटे पनि पछिल्ला वर्षहरूमा पहिरोबाट हुने क्षति बढ्दै गएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख कृष्णबहादुर रोकाया पहिरोबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको बताउनुहुन्छ ।
कर्णालीका बस्तीहरू भौगोलिक रूपमै जोखिममा रहेको र तत्काललाई ती घरधुरी सार्न मिल्ने नभएको रोकायाले बताउनुभयो । उहाँका अनुसार कर्णालीको कालीकोट विपद्बाट धेरै क्षति हुने जिल्लामा पर्दछ । त्यसपछिको जोखिममा दैलेख, जाजरकोट, सल्यान, रूकुमपश्चिम, जुम्ला रहेका छन् । हुम्ला, मुगु र डोल्पा पनि पहिरोको जोखिम छन् भने सुर्खेत बाढीको जोखिममा छ ।
कमजोर भू–बनोट, छरिएर रहेका बस्तीहरूका कारण कर्णाली विपद्को जोखिममा रहेको छ । वातावरणीय प्रभाव अध्ययन विना हुने विकास निर्माणका काम र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनका कारण प्राकृतिक प्रकोपका घटना बढिरहेका छन् ।
पहिरो र चट्याङको जोखिम उच्च
पछिल्लो समय विपद्का घटनामा मानवीय क्षति बढ्दै गएको छ । अन्य विपद्का घटनाको तुलनामा पहिरोबाट बढि क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा मात्रै पहिरोमा परेर ५१ जनाले ज्यान गुमाएका थिए ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १७, आर्थिक वर्ष २०७९/०८० मा ४० जना र आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गइसकेको छ ।
कर्णाली प्रदेशमा विगत चार वर्षमा चट्याङ लागेर २१ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रहरीको तथ्यांक हेर्दा बर्सेनि चट्याङका घटना पनि बढिरहेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा ६ जना, २०७९/०८० मा तीन र २०८०/०८१ मा पाँच जनाको मृत्यु भएको छ । प्रदेशमा मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।
त्यसो त कर्णाली भूकम्पबाट पनि उत्तिकै जोखिममा छ । कर्णालीमा आर्थिक वर्ष २०८०÷०८१ मा ठूलो विपद् आइप¥यो । धेरैले ज्यान गुमाए भने बाँचेकाहरू पनि पालमुनीको अस्थायी शिविरमा छन् । गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो । भने तीन सय ७२ घाइते भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच